इरानका वैज्ञानिक फाख्रीजादेहकोे हत्यामा अत्याधुनिक हतियार प्रयोग गरिएको आरोप


१६ मंसिर २०७७, मंगलवार
Iran 73436

काठमाडौं, १६ मंसिर । इरानले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ ।

इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा अधिकारीहरुको आरोप छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि शामखानीले लामो समयको योजनाअनुसार विद्युतीय उपकरणको माध्यमबाट हत्या गरिएको दावी गरेका छन् ।

फाख्रीजादेहको अन्त्येष्टि समारोहमा सहभागी शामखानीले इजरायलले २० वर्षदेखि आफ्ना वैज्ञानिकलाई मार्न चाहेको आरोप समेत लगाएका छन् । गत शुक्रबार इरानको राजधानी तेहरान नजिकै विस्फोट र गोली हानाहानपछि शीर्ष परमाणु र सैन्य वैज्ञानिक फाखरीजाहेदको हत्या भएको थियो ।

घटनालगत्तै आत्मघाती बम विस्फोटबाट उनको हत्या भएको बताइएपनि त्यसमा सत्यता नभएको इरानको दावी छ । इरानले घटनास्थलमा फेला परेका हतियारहरु इजरायलमा निर्माण भएको समेत बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७