बाँकेमा गाउँलेको दुई समूहबीच झडप, एक जनाको मृत्यु


१६ मंसिर २०७७, मंगलवार
death

बाँके, १६ मंसिर । बाँकेको जानकी गाउँपालिका–५ स्थित बानियागाउँमा दुई समूहको बीचमा झडप हुँदा एक जनाको ज्यान गएको छ ।

झडपमा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए । सोमबार साँझ पूर्णिमाको अवसरमा लागेको मेलामा ‘पुरानो विषय’लाई लिएर दुई समूहबीच विवाद भएको थियो । सो विवाद बढेर झडपको रुप लियो ।

दुई समूहबीच हानाहान हुँदा गम्भीर घाइते भएका धनिरामको उपचारको क्रममा नेपालगञ्ज नरसिंह कलेजमा निधन भएको हो । झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ । झडपमा सहभागी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७