‘प्रधानमन्त्रीको मात्र राजीनामा माग्नु गुटगत मानसिकता’


१६ मंसिर २०७७, मंगलवार
sankar ppokharel

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गटगत मानसिकता भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य पोखरेलले पार्टीमा देखिएको तिक्तताको मुख्य कारक प्रधानमन्त्री ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेकपामा पछिल्लो समय देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीलाई एक पक्षीय रुपमा बाधक देख्नु गलत भएको बताएका हुन् ।

गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव नै गलत भएको भन्दै पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध लगाइएका आरोप निराधार भएको बताउँदै आएका छन् ।

उनले यसअघि नै पार्टी एकताको मर्म र विगतको जनमत अनुसार आन्तररिक विवाद समाधान गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् । आज (मंगलबार) दिउँसो १ बजे प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा सचिवालय वैठक बस्ने तयारी भइरहेका बेला नेता पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७