नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावबारे छलफल शुरु, भोलि फेरि वैठक


१६ मंसिर २०७७, मंगलवार
meeting 20201201104526

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । आजको वैठकमा केहि नेताले प्रस्तावमाथि धारणा राखेका छन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्न गर्दै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए । एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल शुरु भएको हो ।

प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाचारका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको जानकारी दिएका छन् । आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप घनीभूत छलफल भोलिदेखि शुरु हुने जनाइएको छ । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७