ओलीले भने, ‘वैठकको औचित्य छैन, विष्णु पौडेल बाहेक सबै सदस्यले जनाए आपति


१६ मंसिर २०७७, मंगलवार
2020 12 01 OKJU

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलको जन्म दिनको केक काटेर शुरु भएको सचिवालय वैठकको शुरुमै प्रधानमन्त्रीको प्रस्तावका कारण वैठकको वातावरण एकछिन गर्मागर्मी बन्यो ।

नेकपा अध्यक्ष उवम प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक नै नराख्न मंगलबार प्रस्ताव गरेपछि एकछिन नेताहरुबीच चर्काचर्की पर्‍यो । बैठकको शुरूमै प्रधानमन्त्री ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेपछि नेताहरुबीच चर्काचर्की भएको स्रोतले जानकारी दिएको छ ।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए । प्रचण्डको अभिव्यक्तिमा महासचिव विष्णु पौडेल बाहेक बाँकी सबै सदस्यले सहमति जनाएको स्रोतको भनाइ छ ।

त्यसपछि मात्रै बैठक औपचारिकरुपमा शुरू भएको थियो । बैठकमा पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेका राजनीतिक प्रस्तावबारे छलफल भएको छ । मंगलबारको बैठकमा दुवै अध्यक्षले राखेको प्रस्तावबारे औपचारिक छलफल शुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताएका छन् । बैठक भोलि बुधबार १ बजे पुनः बस्ने जनाइएको छ ।

पार्टीभित्र उत्पन्न भएको संकटको चुरो कारण र त्यसको समाधानका विषयमा गम्भीर छलफल गर्दै जाने र यसबारे औपचारिक र अनौपचारिक दुवै तहमा छलफलहरू हुने उनले बताए । प्रवक्ता श्रेष्ठले यही मंसिर १८ गते बस्ने स्थायी समिति बैठक पूर्वनिर्धारित तालिकाअनुसार बस्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७