पुनर्निर्माणका असिस्टेन्ट सव–इन्जिनियर घुससहित पक्राउ


१६ मंसिर २०७७, मंगलवार

काठमाडौं, १६ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकाका असिस्टेन्ट सव–इन्जिनियर भगवती राउत पाँच हजार घुस रकमसहित पक्राउ परेकी छन् ।

असिस्टेन्ट सव–इन्जिनियर राउतले भूकम्प पुनर्निर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिएबापत विभिन्न बहाना बनाई घुसररिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा भीरकोट नगरपालिका–१, बयरघारीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७