गर्भवती अनुष्कालाई व्यायाम गर्न सघाउँदै चर्चित क्रिकेटर कोहली


१६ मंसिर २०७७, मंगलवार
a40093aa29aae9c6c4702b849885cc27 w1000 h500 cp

काठमाडौं, १६ मंसिर । सन् २०१७ अर्थात् आजभन्दा ३ वर्ष अगाडि बलिउड अभिनेत्री अनुष्का शर्मा र चर्चित क्रिकेटर विराट कोहलीले विवाह गरेका थिए ।

हाल कोरोना प्रकोपबीच अनुष्का गर्भवती भएकी छिन् । विराट र अनुष्का दुवैले आफूहरु आगामी जनवरीमा आमाबुबा बन्ने विषय सार्वजनिक गरिसकेका छन् । गर्भवती हुँदा महिलाले शारीरिक व्यायाम गर्नुपर्छ । यसरी आमा र बच्चा दुवै स्वस्थ हुने चिकित्सकहरु बताउँछन् ।

post image 21fa168

हालै अनुष्काले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छिन् । जहाँ उनलाई उनका श्रीमान विराट कोहलीले व्यायाम गर्न सघाइरहेको देख्न सकिन्छ । इन्स्टा क्याप्सनमा अनुष्काले आफूले अनलाईन आफ्ना योगा गुरुबाट व्यायाम गर्न सिकिरहेको र श्रीमानले अभ्यासमा सहयोग पुर्‍याएको उल्लेख गरेकी छिन् ।

डाक्टरले जस्तो शारीरिक व्यायाम गर्दा पनि शरीरमा असर नगर्ने बताएपछि उनले आफूले अप्ठेरो योग व्यायाम गरेको उनले बताएकी छिन् । तस्बिरमा उनले श्रीसासन गरेको देखिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७