आगो ताप्दा जलेर महिलाको मृत्यु


१७ मंसिर २०७७, बुधबार
agalagi fireing आगालागी 234545

अर्घाखाँची, १७ मंसिर । अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका–२ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए ।

घरमा एकलै बस्दै आएकी उनलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एक्लै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७