तीन बर्षको प्रेमलाई विवाहमा बदल्दै रमेश प्रसाई


१७ मंसिर २०७७, बुधबार
nanda and ramesh

काठमाडौं, १७ मंसिर । सामाजिक सञ्जाल तथा मिडियामा भाइरल सञ्चारकर्मी तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् ।

‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका प्रसाईले कालिकोटकी नन्दा सिंहसंग विवाह गर्न लागेका हुन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नन्दा र प्रसाइबीच मंसिर २२ गते विवाह हुन लागेको हो । तीन बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

प्रसाईले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीत बजारमा निकै नै चर्चामा छ । समाज सेवामा आबद्ध सिंह र गायक प्रसाईबीच धरानमा सामान्य तरिकाले विवाह हुन लागेको छ ।

गायक प्रसाई र कल्पना दाहालले ईन्द्रेणीमा गाएको दोहोरीसँगै उनीहरुबीच प्रेम भएको चर्चा पनि चलेको थियो । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७