एमाले–माओवादीले पद भागबण्डा गर्ने, पार्टी एकतामा अझै अन्योल


२९ माघ २०७४, सोमबार
Prachanda kp Oli
फाइल फोटो

काठमाण्डौं, २९ माघ : वाम एकता गरी अगाडि बढिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी तत्कालका लागि पद भागबण्डा हुने भएको छ ।Prachanda kp Oli

आज ललितपुरको मानभवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ३ घण्टासम्म चलेको ‘वान टु वान’ वार्ताबाट पार्टी एकीकरण र पद बाँडफाँडको विषयमा सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

पार्टी एकीकरण र सरकार गठनको विषय पनि टुंगिएको र अब घोषणा मात्र बाँकी रहेको अधिकारीले बताए । उनले भने–‘नमिलेका केही विषय थिए, जसलाई दुई अध्यक्षबीचको आजको वार्ताले टुंग्याएको छ ।’ पार्टी एकता गर्नेगरी संयुक्त घोषणापत्र र तालमेल गरेर निर्वाचनमा गएका दुवै पार्टीका केही नेताहरुले पछिल्लो समयमा व्यक्त गरेका अभिव्यक्तिले पार्टी एकताको विषयमा संशय उत्पन्न भएको थियो ।

राष्ट्रिय सभाको निर्वाचन परिणाम र निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाए लगत्तै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएपनि एकीकरणको विषयमा दुई पार्टीबीच कुरा नमिल्दा सरकार गठन र पार्टी एकताको विषयमा अन्योलता बढेको थियो । फागुन १ फागुन गने पुनः ओली र दाहालबीच ‘वान टु वान’ वार्ता हुने र त्यसपछि एकता संयोजन समितिको बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७