बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण


१७ मंसिर २०७७, बुधबार
0521 sunny deol

नयाँदिल्ली, १७ मंसिर । बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ ।
लोकसभा सांसद समेत रहेका ६४ वर्षीय देओल हाल आइसोलेसनमा बसेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।

उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा आवश्यकताअनुसार कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बसेका छन् । हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फार्म हाउसमा आराम गर्न गएका थिए ।

मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७