पूर्व मिस लिम्बु पनि गोर्खा सैनिकको आन्दोलनमा


५ भाद्र २०७४, सोमबार
Subin Limbu 1

Subin Limbu 1

काठमाडौं:पूर्व मिस नेपाल सुविन लिम्बु पनि गोर्खा सैनिकहरुले चलाइरहेको आन्दोलनमा होमीएकी छिन् । पूर्व गोर्खा सैनिककी छोरी लिम्बु गोर्खा सैनिकहरुलाई बेलायतले र्गार्खालाई विभेद गरेको भन्दै आन्दोलनमा लागेकी हुन् ।

आइतबार काठमाडौंमा गोर्खा सत्याग्रह संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा मिस नेपाल लिम्बूले आफूपनि बेलायत सरकारबाट बिभेदमा परेको बताइन् । ब्रिटिस भूपू सैनिकको छोरी भएकोले बेलायतको लागि प्रक्रिया अघि बढाउँदा बेलायती राजदुताबासले बिनाकारण भिसा नदिने गरेको गुनासो गरे ।

प्रक्रिया सुरु गर्दा नेपालको १ लाख ९० हजार रुपैयाँ खर्च हुने तर कारण बिन भिसा नदिने मिस नेपाल लिम्बूले बताए । प्रक्रिया अघि बढाएकोमध्ये १० प्रतिशतलाई मात्र भिसा दिएको र हजारभन्दा बढी दूतावासले खर्च गराएर भिसा नदिने गरेको बताए । त्यही भएर भूपूहरुको न्यायपूर्ण आन्दोलनलाई आफूले सहयोग गर्ने उनले बताए ।

Subin Limbu

भीसी युद्ध पदक विजेता भूपू क्याप्टेन रामबहादुर लिम्बूले समानताको आन्दोलनमा एकमुठी सास रहेसम्म लागिरहने बताए । बेलायत गएर सरकारसँग भेटेर कुरा गर्दा माग पूरा गरिहाल्छु भने पनि पूरा नगरेको भीसी लिम्बूले बताए । दुई सय वर्षसम्म बेलायतको लागि लडेका नेपालीलाई विभेद गर्नु बेलायती सरकारको नियत ठिक नभएको उनले बताए । नेपाली नागरिक विभेदमा परिरहँदा नेपाल सरकारले समेत वास्ता नगरेको भीसी लिम्बूको भनाइ थियो ।

संघर्ष समितिका प्रवक्ता हिमाल राईले तत्काललाई अनसन रोकिएको बताए । तीन महिनासम्म पनि बेलायत सरकारले माग पूरा नगरे सयौं भूपू सैनिकहरु मर्न तयार रहेको उनको भनाई छ । संघर्ष समितिको हिजो अप्रिल २३ गते बेलायत र नेपालमै बैठक बसेर सरकारलाई तीन महिनाको मौका दिने निर्णय गरेको समितिका प्रवक्ता क्याप्टेन राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७