मन्त्रिपरिषद वैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटघाट


१८ मंसिर २०७७, बिहीबार
KP Bidhya joint photo

काठमाडौं, १८ मंसिर । मन्त्रिपरिषद वैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गरेका छन् । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेका हुन् ।
पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्छन् ।

यस अर्थमा यस पटक पनि कुनै राजनीतिक भलाकुसारीकै लागि उनी शितलनिवास गएको हुनसक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतले बतायो । प्रधानमन्त्री ओली पछिल्ला दिनमा पनिमा पनि राजनीतिक संकटमा छन् । अर्का अध्यक्ष दाहालले उनीमाथि गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि उनीमाथि संकट चुलिएको हो ।

दाहालको प्रतिवेदनको जवाफ फर्काएका ओलीले दुबै प्रतिवेदन पार्टीमा थप छलफल नहोस् भन्ने चाहना राखे पनि अरु नेता विपक्षमा भएकाले त्यो प्रयास विफल भएको छ । दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा उनी उपस्थित नै भएनन् । अर्को बैठक २० गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७