नख्खु खोलामा तीन करोड १५ लाखमा पुल


१८ मंसिर २०७७, बिहीबार
pul

ललितपुर, १८ मंसिर । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे ।

कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रु तीन करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताए । उनले भने, ‘यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड ८० लाख रकम विनियोजन भइसकेको छ ।’

पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौता समेत गरिसकेको महर्जनले जानकारी गराए । उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं ७ देवीचौर, ८ डुकुछाप र ९ छप्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ १८ मिटर र चौडाइ छ मिटरको हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७