भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको गयो ज्यान


१८ मंसिर २०७७, बिहीबार
death

उदयपुर, १८ मंसिर । उदयपुरमा भरुवा बन्दुक पड्किँदा एक वन कर्मचारीको ज्यान गएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–१ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोला छन् ।

गस्ती गएको समयमा बुधबार राति बुलबुल सामुदायिक वनमा फेला परेको बन्दुक गाडीमा राखेर कार्यालयतर्फ ल्याइएको थियो । उक्त बन्दुक गाडीबाट निकाल्ने क्रममा अचानक पड्किँदा बस्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामुदायिक वनभित्र हतियारसहितको टोली देखेपछि वन कर्मचारीले उनीहरुलाई लखेटेका थिए । वन कर्मचारीलाई देखेपछि हतियारधारी समूह बन्दुक फालेर फरार भएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७