कोरोनाको विमा तीन दिनभित्र दिन विमा समितिलाई अर्थको चार बुँदे निर्देशन


१८ मंसिर २०७७, बिहीबार
aartha mantralaya

काठमाडौं, १८ मंसिर । कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिन गरिएको निर्देशन कार्यान्वयन वेवास्ता भएपछि अर्थ मन्त्रालयले पुनः ताकेतासहित कडा निर्देशन पठाएको छ ।

अर्थ मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सोको जानकारी मन्त्रालयमा पठाउन चार बुँदे निर्देशन दिएको हो ।

हाल कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के–के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

अर्थ मन्त्रालयद्वारा प्रेषित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’ अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ ।
अर्थ मन्त्रालय विमा समितिलाई पठाएको निर्देशन

artha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७