ओली र प्रचण्डलाई मिलाउने प्रयासमा शितलनिवास : दुबैसँग बेग्ला-बेग्लै छलफल


१८ मंसिर २०७७, बिहीबार
Bidhya bhandari kp oli prachand

काठमाडौं, १८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला शितल निवास सक्रिय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्ला बेग्लै छलफल गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले विहिबार बिहान ११ बजे राष्ट्रपतिसँग भेट गरेका छन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सरकारी कामसँगै पार्टीको पछिल्लो विवादको बिषयमा छलफल भएको छ ।

यसैगरी विहिबार नै कार्यकारी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति भण्डारीले भेटेकी छिन् । भेटको बारेमा औपचारिक जानकारी बाहिर आएको छैन । तर स्रोतका अनुसार राष्ट्रपति भण्डारीले अलग अलग कुराकानी गरेर दुबै अध्यक्षलाई मिलाउने प्रयास जारी राखेकी छिन् ।

नेकपा संकटमा शितल निवास पटक पटक सक्रिय हुने गरेको छ । गत वर्ष मंसिर ४ मा पनि राष्ट्रपति भण्डारी कै पहल र सक्रियतामा दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको कार्यविभाजनमा सहमति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७