२०७७ मंसिर १९ गते शुक्रबारको तपाईको राशिफल


१९ मंसिर २०७७, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कामको सन्द्रर्भमा आउने प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने छ । सजिलै अरूको मन जित्न सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरु खुशी हुने समाचार दिन सकिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिना मसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक र सामाजिक महत्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७