लमजुङमा कोरोनाबाट एक वृद्धको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
korona death

लमजुङ, १९ मंसिर । कोरोना भाइरस संक्रमणबाट लमजुङमा एक वृद्धको मृत्यु भएको छ । बेसीसहर नगरपालिका–९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार परिवारका सबैमा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पिसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।
यसअघि लमजुङका नागरिकको बाहिरी जिल्लामा उपचारका क्रममा पाँच जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको जिल्लामै मृत्यु भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७