भारतीय चर्चित कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने


१९ मंसिर २०७७, शुक्रबार
RAJANIKanta1

नयाँदिल्ली, १९ मंसिर । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन् । उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् ।

तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन् । पार्टीले जनवरीदेखि दर्ता भएर काम गर्न थाल्ने छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उनले धेरैसँग परामर्श गरेका थिए ।

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गरे । तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७