डा. भट्टराईको प्रश्न : पार्टी विवादमा राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुन धारामा छ ?


१९ मंसिर २०७७, शुक्रबार
baburam bhattarai

काठमाडौं, १९ मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विवादका सन्दर्भमा नेकपा नेताले राष्ट्रपतिसँग गरेको भेटघाटलाई लिएर कडा टिप्पणी गरेका छन् ।

उनले पार्टी वा राज्यका समस्या सुल्झाउन राष्ट्रपतिसँग भेटवार्ता गर्ने कुरा संविधानको कुन धारामा छ भन्दै प्रश्न सोधेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पटक–पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धाराअन्तर्गत हो ? त्यस्तो शक्तिशाली र सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न त । नत्र यो जो अगुवा उही बाटो ह…अति भो !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७