बाँकेमा कोरोनाबाट दाङका दुई संक्रमितको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
nepalgunj teaching hospital2

बाँके, १९ मंसिर । कोरोना भाइरस संक्रमबाट बाँकेको नेपालगञ्जमा दाङका थप दुई जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७