मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक, प्रोफाइल पिक्चरमा युवती


१९ मंसिर २०७७, शुक्रबार
lalbabu raut kJekv9JfPv

धनुषा, १९ मंसिर । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ ।

collage 19 xRbKzsW6Jo

‘मुख्यमन्त्री ज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।’ ह्याक गरिएको फेसबुक प्रोफाइलमा युवतीको तस्विर राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७