‘रअ’ प्रमुखको भ्रमणले नेपाल–भारत संवादहीनता अन्त्य भयो : परराष्ट्रमन्त्री


१९ मंसिर २०७७, शुक्रबार
pradeep scaled

काठमाडौं, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए ।
जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अड्किएर बसिरहेका छौं ।’ गोयल ‘रअ’ प्रमुखका रुपमा नभई भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले स्पष्ट पारेका छन् ।

antarastiyasambanda

औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए । ‘नाकाबन्दीको बेला हामीले तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीजीलाई पठाएको होइन, हिमालय थापा जानु भएको होइन र ?’ उनले भने ।

उनले गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट अपारदर्शी नभएको बताए । प्रधानमन्त्रीको प्रेस सल्लाहकारले भेट भयो र योयो विषयमा वार्ता भयो भनेको भन्दै भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ ? त्यो बेग्लै कुरा भयो ।’

बैठकमा नेकपा सांसद भीम रावलले राति आफ्नै निवासमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको बताएका थिए । ‘भारतीय गुप्तचर प्रमुखलाई राति प्रधनमन्त्रीले निवासमा भेट्ने कुरा मिलेन । यसले प्रधानमन्त्री र देशको मर्यादा पनि बढाउँदैन’, उनले भने, ‘यो हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७