आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
window 1
सांकेतिक तस्वीर

पाल्पा, १९ मंसिर । पाल्पाको रामपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको जनाएको छ । प्रहरीले घटनाको थप थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७