कोरोनाबाट चितवनमा थप एकको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
bharatpur 2

चितवन, १९ मंसिर । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका–४ का ४९ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालको कोभिड आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए ।

कोरोना संक्रमित ती पुरूषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोही दिन कोभिड आईसीयूमा भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट चितवनमा अहिलस्मम ९६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७