इलाममा ११ करोड १० लाख लागतमा चलचित्र घर बन्ने


१९ मंसिर २०७७, शुक्रबार
1607071511 cinema 1200x560 1

इलाम, १९ मंसिर । सदरमुकाममा मोटर पार्किङसहितको चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो ।

भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ । भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ । विसं २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको छ ।

अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ । सोही ठाउँमा पार्किङस्थलसहितको चलचित्रघर बनाइने भएको हो । स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो ।

अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ । नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै रु २३ करोडमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो ।

प्रदेश नं १ सँग भने १७ रु करोडमा सम्झौता भएको थियो । अहिले नगरपालिकाले भवन निर्माणका लागि ११ करोडमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७