प्रचण्ड–नेपाल समूहका विद्यार्थीको थापाथलीमा भेला


१९ मंसिर २०७७, शुक्रबार
NCP Student Bhela 1

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले आज थापाथलीमा भेला गरेका छन् । शुक्रबार थापाथली क्याम्पसमा विद्यार्थीहरुको भेला भएको हो ।

नेकपाका दुवै अध्यक्षले लिखित प्रस्तावमै एक अर्काविरुद्ध गुटबन्दी गरेको आरोप लगाइरहेका बेला प्रचण्ड–नेपाल समूह निटक विद्यार्थीहरुको भेला आयोजना भएको हो ।

भेलामा प्रचण्ड–नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्री, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियु सह–संयोजक रञ्जित तामाङलगायतको सहभागिता छ । यो भेलालाई नेकपा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गर्दैछन् ।

ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरले एकहप्ता अघि काठमाडौंको मदन भण्डारी कलेजमा आफू पक्षको भेला गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले शुक्रवार भेला राखेको विद्यार्थी नेता विजय गौतमले जानकारी दिएका छन् ।

उनले संयोजक महर समूहले एकताका विरुद्धमा देशव्यापी अभियान चलाएका कारण आम कार्यकर्तामा भ्रम पैदा भएको बताउँदै भ्रम चिर्नका लागि आफूहरुले भेला गरेको बताए ।

‘हाम्रो भेला एकताका विरुद्ध चलाइएको भ्रम चिर्नका लागि हो’, उनले भने, ‘त्यस्तै पार्टीलाई विधि, पद्दतिबाट चलाउन र समाजवाद उन्मुख जनताको जनवादबाट अविचलित भई अगाडि बढ्नका लागि नेतृत्वलाई खÞबरदारी गर्नका लागि पनि यो भेला राखिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७