कोरोनाबाट पोखरामा एक महिलाको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
korona covid 19 6 scaled

पोखरा, १९ मंसिर । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

डा. शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७