साझा दस्तावेज लैजाऔं भन्नु कमिटी प्रणाली विपरीत : रामकुमारी झाँक्री

‘अहिले नेकपाको मनोदशा गोजीमा स्वर्गको ठेगाना बोकेर नर्कको यात्रा तय गरे जस्तो’


१९ मंसिर २०७७, शुक्रबार
Ram kumari jhakri 2

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको विवाद समाधानका लागि साझा प्रस्ताव लैजाऔं भन्नु कमिटी प्रणाली विपरीत हुने बताएकी छिन् ।

अनेरास्ववियूका प्रचण्ड–नेपाल पक्षधर कार्यकर्ताहरूले थापाथली क्याम्पसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले दुई अध्यक्षको सहमतिलाई पनि कमिटीले नै स्वीकार गरेकाले मान्य भएको बताउँदै अहिले बाहिर साझा प्रस्ताव लैजाऔं, नेताहरू आपसमा मिलौं भन्नुको कुनै अर्थ नहुने स्पष्ट पारिन् ।

बुर्जुवा पार्टीले पनि पार्टी प्रणाली मान्ने बताउँदै उनले कम्युनिष्ट पार्टीको जीवनमा कमिटी नै सर्वेसर्वा भएकाले पेस भएका दस्तावेजहरूमाथि छलफल गर्नुपर्ने पनि बताएकी छिन् । उनले पार्टीको आजको समस्याको जड नवौं महाधिवेशनमा नीति एउटाको नेतृत्वमा अर्को निर्वाचित हुँदाको परिणाम भएको समेत दावी गरिन् ।

उनले त्यतिबेला पारित दस्तावेजका पक्षका एउटा पनि काम नहुँदा त्यसले समस्या सिर्जना गरेको बताउँदै एकताका बेलाको स्वार्थ बाझिएको मात्रै भन्न नमिल्ने बताइन् । उनले अहिले नेकपाको मनोदशा गोजीमा स्वर्गको ठेगाना बोकेर नर्कको यात्रा तय गरे जस्तो भएको बताएकी छिन् । समाजवादको यात्रा तय गर्नुपर्नेमा आन्दोलन दलाल पुँजीवादमा गएर फसेको उनको आशय थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७