थप १,२७२ जनामा कोरोना संक्रमण, १,५७५ जना निको, १६ जनाको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
korona

काठमाडौं, १९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

आज (शुक्रबार) देशभर १,५७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

आज देशभर १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ५६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७