ओलीले योभन्दा बिगार्ने र बदनाम गर्ने ठाउँ छैन, दुवै पद छोड्नुपर्छ : अष्टलक्ष्मी शाक्य


१९ मंसिर २०७७, शुक्रबार
AstaLaxmi Shakya PoliticianVice President the Communist Party of Nepal

काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य तथा वागमती इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने बताएकी छिन् ।

पार्टी र सरकारलाई योभन्दा बिगार्ने ठाउँ र बदनाम गर्ने ठाउँ नभएको दाबी गर्दै नेतृ शाक्यले ओलीले दुबै पद छोड्नुपर्ने बताएकी हुन् । भनिन्,‘पार्टी संगठन र सरकारलाई योभन्दा बिगार्ने ठाउँ र बदनाम गर्ने ठाउँ छैन । त्यसले अब उहाँले दुवै पद छोडेर आराम गर्नुपर्छ।’

Asta Laxmi Shakya

शुक्रबार थापाथली क्याम्पसमा आयोजित प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले अहिलेको समस्या प्रधानमन्त्री ओलीको कार्यशैली र प्रवृत्ति भएको बताइन् ।

नेतृ शाक्यले ओली बैठकमा नआएर आफ्नै प्रतिवेदनलाई बेवारिसे बनाएको बताइन् । भनिन्, ‘३८ पेजको प्रतिवेदन पेश गर्ने अनि त्यो प्रतिवेदनमा बेबारिसे छोडेर बैठकबाट भाग्ने काम भएको छ ।

नेतृ शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको पनि आलोचना गरिन्। राष्ट्रपतिले दुई अध्यक्षलाई मिलाएर अहिलेको समस्या समाधान गर्न खोजेको भन्दै दुई अध्यक्षमात्रै मिलेर समस्याको समाधान नहुने बताइन्।

स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले स्थायी कमिटिको निर्णय नमान्दा समस्या भएको दाबी गरिन् । उनले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताइन्।

भेलामा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेता उपस्थित थिए ।

विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै सक्दैन : पम्फा भुसाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७