विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै सक्दैन : पम्फा भुसाल


१९ मंसिर २०७७, शुक्रबार
pampha bhusal

काठमाडौंँ, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताएकी छिन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले विधि र पद्धति विरुद्ध उभिएको भन्दै नेतृ भुसालले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताएकी हुन् ।

शुक्रबार थापाथली क्याम्पसमा आयोजित प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै पम्फा भुसालले प्रधानमन्त्री ओली ३८ पेजको जवाफ लेखेर बैठकबाट भागेको भन्दै त्यसो गर्न नमिल्ने बताइन् । भनिन्, ‘आफैंले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ। अरु सचिवालयका सदस्यहरुले पनि प्रस्ताव राख्नुभएको छ । त्यसमा छलफल नगरी समस्याको हल हुँदैन् । जवाफ लेख्ने तर बैठकमा नआउने, बैठकबाट भाग्ने अनि निर्णय मान्दिनँ भन्न मिल्दैन ।’

भुसालले पार्टीमा देखिएको संकट सहमतिमा हल नभए विधी र प्रक्रियाबाट समाधान खोजिने बताइन् । सचिवालयमा प्रस्तुत प्रतिवेदनमाथि स्थायी कमिटी, केन्द्रीय कमिटीमा निरन्तर बहस हुने र त्यहाँबाट मात्रै निष्कर्षमा जाने बताइन् ।

यो पनि पढ्नुहोस् :
ओलीले योभन्दा बिगार्ने र बदनाम गर्ने ठाउँ छैन, दुवै पद छोड्नुपर्छ : अष्टलक्ष्मी शाक्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७