ओली समूहको प्रस्ताव, ‘दुई अध्यक्ष मिलौं’ : प्रचण्डको उत्तर, ‘बैठक बाहिर केही हुन्न’


१९ मंसिर २०७७, शुक्रबार
oli and parchanda

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सत्ता संकट टार्नका निम्ती ओली समूहका दोस्रो तहका नेताहरु तिव्र दौडधुपमा लागेका छन् ।

अर्का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जारी विवाद र समस्यालाई कमिटिबाटै टुंग्याउने तयारी गरीरहेका बेला ओली समूह भने दुई अध्यक्षबीच फेरि पनि सहमति गराउने प्रयासमा सक्रिय छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दोस्रो तहका नेताहरु प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई मिलाउन सक्रिय भएका हुन् । वरिष्ठ नेता नेपाल अर्थात् पूर्व एमाले एक बनाएर सत्ता संकट टार्ने प्रयास असफल भएपछि ओली समूहका नेताहरु अहिले प्रचण्ड केन्द्रीत भएका छन् ।

राष्ट्रपति भण्डारीले विहिबार अध्यक्ष प्रचण्डलाई शितल निवासमा बोलाएर प्रधानमन्त्री ओलीसँग मिलेर जान सुझाव दिएकी थिइन् । यसअघि महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुबास नेम्बाङ, स्थायी कमिटि सदस्य तथा लुम्बीनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुले प्रचण्डलाई भेटेर प्रधानमन्त्री ओलीको मिल्ने सन्देश सुनाएका थिए ।

शुक्रबार पनि उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल प्रचण्डलाई भेटेर सम्पूर्ण कार्यकारी अधिकार सहितको अध्यक्ष बन्न प्रस्ताव राखेका छन् । तर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली समूहको प्रस्ताव अस्वीकार गरेका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब दुई अध्यक्षबीच सहमति गरेर मात्रै हुन्न । अब जे हुन्छ, बैठकबाटै नै निकास खोजिनुपर्छ ।’

यसअघि पटक–पटक धोका पाएका धोका पाएका प्रचण्ड यसपाली भने ‘५ भाई’को सल्लाह र सहमति बिना केही पनि नगर्ने अडानमा छन् । प्रचण्डले आफू निकट नेताहरुलाई भनेका छन्, ‘यसपाली ५ भाईको सहमति बिना केही पनि हुदैन ।’

प्रचण्ड सहित सचिवालयका वरिष्ठ नेताद्धय नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठ एकातिर छन् । कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रस्तुत गरेपछि प्रधानमन्त्री ओली आक्रोशित छन् । यस लगत्तै प्रधानमन्त्री ओलीले १३ मंसिरमा त्यसको जवाफी प्रस्ताव सचिवालय बैठकमा पेस गरेका छन् ।

दुबै प्रतिवेदनपछि पेश भएपछि मंगलबार (१६ मंसिर २०७७) मा सचिवालय बैठक बसेको थियो । मंगलबारको बैठक तनावपूर्ण भएको थियो । तिव्र विवाद भएपछि १७ मंसिरमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । फेरि अर्को बैठक शनिबार २० मंसिरमा बोलाइएको छ । ओली समूह दुई अध्यक्षबीच सहमति गरेर मात्रै बैठकमा बस्ने रणनीतिमा छ । तर, प्रचण्ड–नेपाल समूह भने बैठक बाटै छिनोफोनो गर्नुपर्नेमा अडानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७