दोस्रो बिहे गर्दै कलाकार मनोज गजुरेल


२२ मंसिर २०७७, सोमबार
manoj gajurel1

काठमाडौं, २२ मंसिर । हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै कलाकार गजुरेलले आफू दोस्रो बिहे गर्न लागेको खुलासा गरेका हुन् ।

‘चाँडै नै सबैको शुभकामना, सल्लाह अनुसार मैले कोही साथी जीवनमा जोड्दैछु । हामी जोडिदै छौं ।’ गजुरेलले एपीवान टेलिभिजनसँगको कार्यक्रममा भने । उनले को सँग बिहे गर्न लागेको चाँही खुलाएनन् । उनको दुई वर्षअघि पत्नी मिनासँग सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७