यस्तो छ कारण, कंगोबाट फर्काइए डेढ सय सैनिक


२४ आश्विन २०७४, मंगलवार
nepali sena 2

 

काठमाडौं: नेपाली सेना नेतृत्वको हेलचेक्रयाइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् ।nepali sena 2

सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो ।उनीहरु एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रुपमा कंगो गएका थिए । सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ । उनीहरु बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७