थप १,३८२ जनामा कोरोना संक्रमण, १,६२१ जना निको, २३ को मृत्यु

काठमाडौं उपत्यकामा ५९४ संक्रमित थपिए, देशभर १२ हजार ६८६ सक्रिय संक्रमित


२३ मंसिर २०७७, मंगलवार
korona

काठमाडौं,, २३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३८२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज (मंगलबार) १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

मंगलबार काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरससंक्रमण देखिएको छ । २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ६३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७