आगलागीबाट १३ लाखको क्षति


२४ मंसिर २०७७, बुधबार
agalagi fireing आगालागी 234545

पाँचथर, २४ मंसिर । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुन समेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७