अमेरिकामा १०० दिनभित्र १० करोड भ्याक्सिन उपलब्ध गराउने बाइडेनको बाचा


२४ मंसिर २०७७, बुधबार
President elect Joe Biden

काठमाडौं, २४ मंसिर । अमेरिकाका नव निर्वाचित जो बाइडेनले आफूले कार्यकाल सम्हालेको सय दिनभित्र कोभिडको १० करोड भ्याक्सिन उपलब्ध गराउने उद्देश्य लिएका छन् ।

आफ्नो कार्यकालको केही महिनासम्म कोरोनाको महामारी अन्त्य नहुने बताउँदै कोभिड–१९ को कोर्समा भने परिवर्तन ल्याउने बताएका छन् । जनवरी २० मा राष्ट्रपति पदमा आसिन भएपछि आफ्नो साथमा हुने मेडिकल टिमको परिचय दिँदै उनले अमेरिकीलाई सय दिनसम्म मास्क लगाउन आग्रह गरे ।

गत बुधबार फाइजर–बायोएनटेक भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको थियो । अमेरिकामा हालसम्म १ करोड ५५ लाख संक्रमित रहेका छन् भने २ लाख ९३ हजारको मृत्यु भइसकेको वर्ल्ओमिटरको आँकडाले बताएको छ ।

बाइडेनले के भने ?

राष्ट्रपति पदमा निर्वाचित बाइडेन डेलावेरमा आयोजित एक पत्रकार सम्मेलनमा भाग लिएका थिए । त्यतिबेला उनले क्यालिफोर्नियाका महाधिवक्ता जेभियर बेकेरालाई आफ्नो हेल्थ सेक्रेटरीमा नियुक्त गरे भने रचेल वालेन्स्कीलाई सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को प्रमुखको रुपमा परिचय दिए ।

उनले भने, ‘मेरो पहिलो १०० दिनमा कोभिड–१९ अन्त्य हुँदैन । म यस्तो बचन दिन सक्दिनँ । हामी यो महामारीबाट छिट्टै बाहिर निस्कन सक्दैनौं ।’ उनले भने, ‘हामीले पहिलो सय दिनमा महामारीको कोर्स भने परिवर्तन गर्न सक्छौं र अमेरिकाको जीवनमा केही सकारात्म परिवर्तन ल्याउन सक्छौं ।’ – बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७