साझा र विवेकशील पार्टीको आज एकता घोषणा


२४ मंसिर २०७७, बुधबार
EosNblzUcAIQ8OH keT2PvLDIX

काठमाडौं, २४ मंसिर । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता घोषणा गरिंदैछ ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकता घोषणा सभा आज दिउँसो ३ः३० बजे हुने जानकारी गराएका छन् । यस क्रममा उनले विगतमा भएका गल्तीप्रति माफी समेत मागेका छन् ।

‘हामी एक हुँदैछौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौं ।’ सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन् ।

‘हामी केवल ‘अस्तित्व’ मा रहन होइन, ‘नेतृत्व’ मा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं । एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौं,’ उनले भनेका छन् । कार्यक्रम दुवै पार्टी, आफ्नो र कैयौं नेताका फेसबुक पेजबाट लाइभ प्रसारण हुने जानकारी पनि मिश्रले दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७