गरुवामा पुल शिलान्यास : वर्षौको पिरलो हट्नेमा स्थानीय आशावादी


२४ मंसिर २०७७, बुधबार
pul 1

इलाम, २४ मंसिर । इलामको माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् ।

पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ । अब भने केही सालमै पुल बनिने भएपछि स्थानीयवासी खुसी देखिएका हुन् ।

‘अब पुलको सपना पूरा हुन्छ भन्नेमा छौं’, स्थानीय बलबहादुर राईले भने, ‘शिलान्यासपछि केही आश पलाएको छ ।’ धरमुपुर र सिञ्जालीटार जोड्ने २५ मिटर लम्बाइको पुल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मङ्गलबार शिलान्यास गरे । प्रदेश सरकार र माई नगरपालिकाको साझेदारीमा आउँदो दुई वर्षभित्र पुल बनिसक्नेगरी ठेक्का लागेको छ ।

पुल शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले देश समृद्धिको यात्रामा अघि बढेका बेला पूर्वाधार विकासको काम धमाधम भइरहेको बताए ।

‘बजेट पहिले नै निश्चित भएकाले यो पुल निर्माणका लागि आर्थिक अभाव रहँदैन’, उनले भने, ‘पुल समयमै निर्माण सम्पन्न गरी स्थानीय उपभोक्तालाई सेवा दिन प्रदेश सरकार प्रतिबद्ध छ ।’ गरुवा खोलामा निर्माण हुने पुलले नगरको वडा ४, ५ र १० तथा सूर्याेदय नगरपालिकाको वडा १३ र १४ का नागरिक लाभान्वित हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७