६ वर्षीया बालिका हत्याको अभियोगमा १९ वर्षीया युवती पक्राउ


२४ मंसिर २०७७, बुधबार
pakrau

रसुवा, २४ मंसिर । ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् ।

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेको थिए ।

परिचय खुल्न नसकेकी एक महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरी चौकी ग्राङमा उजुरी दिएका थिए । तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने तर अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७