प्रधानमन्त्री भ्रष्टाचारी र अपराधीको घेरामा हुनुहुन्छ : रवीन्द्र मिश्र


२४ मंसिर २०७७, बुधबार
Rabindra mishra 20181027143544

काठमाडौं, २४ मंसिर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारी र अपराधीहरुको घेरामा रहेको आरोप लगाएका छन् ।

विवेकशील नेपाली दल र साझा पार्टी बीचको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा हाम्रो प्रधानमन्त्रीले भ्रष्टाचारीहरू अपराधी भन्नु भएछ । त्यसो हो भने उहाँ अपराधीले घेरिनु भएको छ ।’

आजसम्म देश नबनेको सक्षम नेतृत्व नभएर हो । बिचार बिना कसरी राजनीति हुन्छ भन्ने सुन्नमा आएको बताउँदै उनले भने, ‘तर, हामी विश्वको राजनीतिवादको राजनीतिबाट धेरै अघि बढेको छ । आमआद्मी पार्टी नजिकै छ । उसको विचार के हो ? डेलिभरी बिनाको राजनीति अब असम्भव छ । हाम्रो मुख्य उद्देश्य विकास डेलिभरी नै हो ।’

सुशासन, समृद्धिको लागि विवेकशील साझा पार्टी अघि बढेको पनि उनले गरेका छन् । देश विकास नहुनुमा भ्रष्ट र अक्षम गणतन्त्रवादी भएको मिश्रको उनले आरोप लगाए । ‘०४६ सालयता होस् या उता भ्रष्टाचारको सूचीमा हामी सधैं अघि भयौं । यहाँ गणतन्त्र, राजतन्त्र संघीयता भएर नभएर आन्दोलन गरिरहने हो भने विकास हुँदैन,’ उनले भने, ‘भ्रष्ट र असक्षम गणतन्त्रवादीका कारण विकास नभएको हो । देश बिग्रनुमा ठूला दोषी आडम्बरी गणतन्त्रवादीहरु हुन् ।’

देशमा इमान्दार र सक्षम नेतृत्व नआउने हो भने अझै ३० वर्ष अहिलेकै अवस्थामा घिस्रिन बाध्य हुनुपर्ने पनि मिश्रले बताए । मिश्रले विवेकशील साझा पार्टी राजा ल्याउन, फाल्न र संघीयता ल्याउन या फाल्न नआएको भन्दै विकास नै आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७