सिद्धार्थ बैंकद्वारा शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव


२७ मंसिर २०७७, शनिबार
sidartha bank

काठमाडौं, १९ मंसिर। सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मंसिर १९ मा बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश ९बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत० गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी नौं अर्ब ७८ करोड, ७७ लाख ६७ हजार १३८ मा १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड, ४५ लाख ३२ हजार ५७ बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७