दराज १२.१२ मा विशेष छूट, नयाँ सामसुङसँग २० एफई जित्ने मौका


२४ मंसिर २०७७, बुधबार
MegaSale 1

काठमाडौँ, २४ मंसिर । यस वर्षको ११.११ अभियानको विशाल सफलतापछि, नेपालको अग्रणी अनलाइनबजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ। १२.१२ मा दराजउपभोक्ताहरुले विशेष छूट्का साथभाउचरहरू, र बैंक कार्ड मार्फत थप छूट्को लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छे« बैंकर सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत(अधिकतम रु १२१२) सम्मको छूट पाउन सक्नेछन्।
यसबाहेक, उपभोक्ताहरुले “मेगागिभअवे” को रूपमा रु ६९,९९९ को नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन्। सेलको उत्साहलाई निरन्तरतादिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन्।

त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोलाजीप्ले दराजमार्फत लन्चगर्दै छ। उक्तफोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूट्का साथनिःशुल्कहोम डेलिभरीको फाइदापनि उठाउन सक्नेछन।

१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिँदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ। ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् । यससँग, दराजले स्थानीय सानो र मध्यम आकारका उद्यम(एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गर्दछ।

अभियानका लागि उत्साहित, दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने,
“दराज ११.११ दराज को लागिमात्रनभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय विक्रेताहरुको लागि एकदमै सफलअभियान रहेको थियो। यस प्रकारको सेल अभियानहरूले स्थानीयविक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ र ग्राहकहरूलाई पनि सुरक्षित र उत्तम शपिंग अनुभव प्रदान गर्दछ। यतिभन्दै हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंग ले टुंग्याउने आशा गर्दछौं।”

कोभिड महामारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहक र स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागिउत्तम स्वच्छता अभ्यासहरूको पनि निरन्तर अनुसरण गरिरहेको छ। दराजले

आफ्नाग्राहकहरूलाई उत्तम शपिंग अनुभव सुनिश्चित गर्न कुनै पनि सामान खरीद गर्नु अघि जहिले पनिविक्रेताको रेटिंग्स र उत्पादन सम्बन्धितग्राहक समीक्षाहरु हेर्न प्रोत्साहित गर्दछ। यस बाहेक ग्राहकहरूले दराज सहायता केन्द्र (हेल्प सेन्टर) मार्फत ग्राहक सेवा सँग आफुलाई चाहिएको सबै जानकारी प्राप्त गर्न सक्दछन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७