गोर्खाहरुको माग पुरा गराउन पहल गर्छौं : उपेन्द्र यादव


१ फाल्गुन २०७४, मंगलवार
Geaso and Phoram upendra yadav ashok rai rajendra shrestha 1

काठमाडौं, १ फागुन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गोर्खाहरुले उठाइरहेका मुद्दा सम्बोधनका लागि पहल गर्ने बताएका छन् । गोर्खाहरुको न्यायपूर्ण आन्दोलन र अभियानमा समाजवादी फोरमले सधैं साथ दिने उनको भनाई छ ।

Geaso and Phoram upendra yadav ashok rai rajendra shrestha 1

मंगलबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईको नेतृत्वको टोलीसँग अध्यक्ष यादवले विगतमा पनि आफूले संसदमा गोर्खाको बिषयमा कुरा उठाएको बताए । गोर्खाहरुले उठाइरहेका माग र मुद्दाहरु जायज रहेको उनले बताए । बेलायत सरकारले आफ्ना सैनिकहरुलाई विभेद गर्नु गलत भएको उनको भनाई छ । पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले कुटनीतिक हिसाबले पनि आफूहरुले पहल गर्ने बताए ।

भेटमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता आङ्गकाजी शेर्पा लगायत थिए । गेसोको तर्फबाट सभापति राई, उपसभापति धर्म तामाङ, मणि किरात वान्तावा लगायत थिए । गेसोको तर्फबाट सभापति राईले हाल जारी रहेको वार्ता र त्यसको प्रगतिबारे जानकारी दिएका थिए ।

भेटका तस्बिरहरु :-

Geaso and Phoram upendra yadav ashok rai rajendra shrestha 4 Geaso and Phoram upendra yadav ashok rai rajendra shrestha 3 Geaso and Phoram upendra yadav ashok rai rajendra shrestha 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७