वैद्य र विप्लवलाई प्रचण्डले भने,‘रहर-लहडमा क्रान्ति हुँदैन, आउनुहोस् एक हौं’


१ फाल्गुन २०७४, मंगलवार
prachanda 2

काठमाडौँ १ फाल्गुन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र नेत्रविक्रम चन्द‘विप्लव’लाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् ।
२३ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताउँदे जनताको चाहाना र धरातल बुझेर एकता आउन अपिल गरेका हुन् । prachanda 2
उनले विप्लव र मोहन वैद्यलाई केन्द्रीत गरेर भने, ‘सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर लहडमा क्रान्ति हुँदैन ।, यस्तै उनले बैद्यलाई,‘मेरो गुरु भनेर चिनिनुभएका किरण द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नुहुन्छ, द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे, पढे । जनताबाट भाग्ने र घरमा बसेर क्रान्ति हुँदैन ।’
जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताए । ‘हामीलाई अझ धेरै जनता, धेरै कार्यकर्ता चाहिएको छ, सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने भूमिका पूरा गर्नुपर्नेछ । त्यसो नगरी समाजवाद जिन्दावाद भन्नुको अर्थ छैन,’ उनको भनाइ थियो ।
सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजवाद स्थापना हुन नसक्ने बताउँदे उनले भने, ‘विप्लव जी, वैद्य जीहरुले द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपील गर्दछु । माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन आव्हान गर्न चाहन्छु । यो मेरो अपील मात्रै होइन, विशेष अपील पनि हो।’
२०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्धको शुरुआत गर्नु आत्मगत र बस्तुगत दृष्टिकोणले वैज्ञानिक भएको र संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्धको आधार तयार पारेको बताए ।
२०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्तिको तयारी गर्ने भएपनि त्यतिखेर आम जनता भने पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्द सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निष्कर्ष पुगेर जनआन्दोलनमा सहभागी भएको स्मरण समेत गरे ।
‘त्यतिखेर म पार्टीको महामन्त्री थिए र युद्दको प्राविधिक तयारीको जिम्मेवारी पनि मेरो नै थियो ।’, उनले भने, ‘तर हामीले बस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने हामीलाई लाग्यो । जनताको चाहना पञ्चायत फाल्ने थियो । हामी संयुक्त आन्दोलनमा होमियौं ।‘

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७