मुक्तिनाथ विकास बैंकको ‘मुक्ति भाई’ ब्राण्ड मस्कट सार्वजानिक


२८ मंसिर २०७७, आईतवार
muktinath bikas bank WPEyt1mHtQ

काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ ।

आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७