मेस्सीको गोलमा बार्साको संघर्षपूर्ण जीत


२९ मंसिर २०७७, सोमबार
36796602 9048907 image a 56 1607897645576

काठमाडौं, २९ मंसिर । लियोनेल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले लेभान्तेमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । खेलको ७६ औं मिनेटमा मिनेटमा कप्तान मेस्सीले गरेको गोल निर्णायक बन्यो ।

बार्साका लागि मार्टिन ब्राथवेट, क्लेमेन्ट लेंग्लेट, जोर्डी अल्बा र एन्टोनी ग्रिजमानको प्रहार गोलकिपर एइटोर फर्नान्डेजले विफल बनाएका थिए । जीतसँगै बार्सिलोना लिगको आठौं स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको सोसिडाडभन्दा बार्सिलोना ९ अंकले पछि रहेको छ । यद्यपि, बार्साले दुई खेल कम खेलेको छ । आइतबार नै भएको खेलमा सोसिडाड ईबारसँग १–१ को बराबरीमा रोकियो । रियल बेटिसले पनि भिल्लेरियालसँग १–१ को बराबरी खेल्यो भने ग्रानाडाले ईल्चेलाई १–० गोलले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७