असंवैधानिक अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड


३० मंसिर २०७७, मंगलवार
Prachanda

काठमाडौं, ३० मंसिर । सरकारले भर्खरै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल खारेज हुनुपर्ने बताएका छन् ।

मन्त्रिहरुलाई समेत जानकारी नदिई ल्याइएको अध्यादेश गलत भएको बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै तत्काल खारेजका लागि आग्रह गरेका छन् ।
उनले अध्यादेश जारी भएपछि तत्काल खारेजका लागि आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यक्ष ज्यूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउनु भएको छ । त्यसैले असंवैधानिक अध्यादेश तत्काल खारेज हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७